छ वर्षपछि लाप्राकका भूकम्पपीडितले पाए नयाँ घर

छ वर्षपछि लाप्राकका भूकम्पपीडितले पाए नयाँ घर

वैशाख १०, गोरखा ।  
गोरखा केन्द्रविन्दु भएर २०७२ सालमा गएको महाभूकम्पको करीब छ वर्षपछि लाप्राकका भूकम्पपीडितले भूकम्प प्रतिरोधी घर पाएका छन् । 

गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्ती आज भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ ।

महाभूकम्पबाट विस्थापित हुनुपर्ने अवस्थामा पुगेका लाप्राकका भूकम्पपीडितको पुनःस्थापनाका लागि निर्माण गरिएको एकीकृत नमूना बस्ती लालपुर्जासहित हस्तान्तरण गरिएको छ ।

गैर आवासीय नेपालीसङ्घ एनआरएनए बनाएको कूल १८ दशमलव ३२ हेक्टर क्षेत्रफलमा फैलिएको एकीकृत नमूना बस्ती आज एक कार्यक्रममा बीचएनआरएनए का अध्यक्ष कुमार पन्तले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारीको उपस्थितीमा लालपुर्जा सहित हस्तान्त्रण गरेका हुन् । 

७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको लाप्राकका स्थानीयका लागि एनआरएनएले ५ सय ७३ वटा घर निर्माण गरिदिएको छ।

शौचालयसहित चारचार कोठा भएका दुईतले घर निर्माण गरिएका ती घरहरु स्थानीय डम्बरसिंह गुरुङलाई लालपुर्जा दिएर घर हस्तान्तरण सुरु गरिएको थियो । 

स्थानीयले काठ आफैंले जोहो गरेर श्रमदानमा पनि एनआरएनलाई सघाएको थिए । बस्ती निर्माणमा ७५ करोड ६६ लाख रूपैयाँ खर्च भइसकेको एनआरएनएले जनाएको छ।