राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप

राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप

चैत २५, काठमाडौं । 
हिन्दु राष्ट्रका लागी जनमत संग्रहका माग राख्दै प्रदर्शनमा उत्रिएको राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

राप्रपाले रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा आई कोणसभा गरेको थियो । नेताहरुले भाषण गरिरहेका बेला कार्यकर्ता सडक अवरुद्ध गर्न पुगेपछि झडप भएको हो ।

प्रदर्शनभर गाडी रोकेको प्रहरीले एकाएक सवारी आवागमन सञ्चालन गरेपछि राप्रपा अध्यक्ष कमल थापाले कार्यकर्तालाई बन्द गर्न निर्देशन दिए । लगत्तै राप्रपा कार्यकर्ताले सडक बन्द गर्न खोजेपछि प्रहरी र राप्रपाका कार्यकर्ताबिच झडप भएको हो । 

झडपमा परि सय जनाभन्दा बढी कार्यकर्ता घाइते भएका र उपचारका लागि बागबजारस्थित मोडल अस्पतालामा लगिएको छ। 

राप्रपाले सरकारसमक्ष पेश गरेको २२ बुँदे कार्यान्वयन गर्न दबाब दिन सोमबार दिउँसो धर्ना र प्रदर्शन कार्यक्रम गरेको थियो। राप्रपाले राजासहित लोकतन्त्र स्थापना गर्न गोलमेच सम्मेलन, हिन्दुराष्ट्रको माग गर्दै आएको छ।