पोखरेलको नेतृत्वमा एकल सरकार बनाउने गृहकार्यमा एमाले

पोखरेलको नेतृत्वमा एकल सरकार बनाउने गृहकार्यमा एमाले

बुटवल, १९ वैशाख। 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः  शंकर पोखरेललाई नै अघि सारेको छ।

आज बुटवलमा बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए। बैठकले आफ्नो पार्टीको एकल सरकार बनाउने गृहकार्य सुरु गर्ने निर्णय गरेको हो ।

बसेको एमाले संसदीय दलको बैठकले संविधानको १६८ को १ बमोजीम बहुमतको एकल सरकार बनाउने निर्णय गरेको दलका प्रमुुख सचेतक ढकालले बताए । नयाँ सरकार गठनका लागि भने प्रदश प्रमुख धर्मनाथ यादवले ठूलो दललाई सरकार गठनका लागि प्रदेशसभामा सहभागी दललाई आब्हान गर्नुपर्ने छ । 

लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जसपाका २ र राजमोका १ सांसद छन् ।