नयाँ सभामुखका लागि सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक स्थगित
पुस ११, काठमाडौं ।
नेकपामा नयाँ सभामुख चयनका लागि उम्मेदवारमा सहमति नजुटेपछि आजका लागि बोलाइएको प्रतिनिधिसभा सूचना टाँस गरेर स्थगित भएको छ ।
प्रतिनिधि सभाको आज १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर पुस १६ गतेसम्मलाई स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
संसदको सम्भावित कार्यसूचीमा आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनका लागि दिन निर्धारण गर्ने कार्यतालिका थियो ।
नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन । पूर्वएमाले पक्षले पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमाओवादीले अग्नि सापकोटालाई अघि सारेपछि नेकपामा सभामुख कसलाई बनाउने भन्ने निर्णय हुन सकेको छैन ।
Facebook Comments