‘लाखे’ मा फेरिए भिलेन: सुनिलले छाडेपछि प्रशान्तको इन्ट्री

‘लाखे’ मा फेरिए भिलेन: सुनिलले छाडेपछि प्रशान्तको इन्ट्री

१९ माघ, काठमाडौं 
अभिनेता प्राशान्त ताम्राकार चलचित्र ‘लाखे’ मा  भित्रिएका छन् । चलचित्रको मुख्य भिलेन भूमिकाको लागि उनी अनुबन्धित भएका हुन् ।

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रमा यसअघि भिलेन भूमिकामा सुनिल थापा छानिएका थिए । थापाले बलिउड फिल्ममा अभिनय गर्नुपर्ने भएकाले समय दिन नसक्ने बताउँदै उनकै सहमतिमा ताम्राकार भित्राइएको जनाइएको छ ।

‘लाखे’ अहिले छायांकन भइरहेको चलचित्र हो । चलचित्रको छायांकन काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । चलचित्रमा अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायत थुप्रै कलाकारको अभिनय रहने छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् ।