जुनियर एनटीआरको 'आरआरआर' मार्च २५ मा रिलिज हुने

जुनियर एनटीआरको 'आरआरआर' मार्च २५ मा रिलिज हुने

१९ माघ, काठमाडौं । 
एसएस राजामौलीको निर्देशनमा बनेको चलचित्र 'आरआरआर' ले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ । 

कोरोनाका कारण रोकिएको यो फिल्म मार्च २५ मा रिलिज हुने भएको हो ।

यसअघि सन् २०२२ जनवरी ७ लाई प्रदर्शन मिति तोकिएको थियो । कोरोनाको तेस्रो लहर फैलिएपछि धेरै चलचित्रले प्रदर्शन मिति सारेका छन्।

यो चलचित्रमा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्टलगायतका कलाकारले अभिनय गरेका छन् । 

यो चलचित्र हिन्दी, तामिल, तेलुगू, मलयालम र कन्नडा भाषामा पनि रिलिज हुँदैछ ।