‘ब्लाइण्ड डेट’ अब हिमालय टीभीमा प्रशारण हुने

‘ब्लाइण्ड डेट’ अब हिमालय टीभीमा प्रशारण हुने

१९ माघ, काठमाडौं 
सामाजिक सञ्जालमा चर्चा पाएको रियालिटी शो ‘ब्लाइण्ड डेट’को दोस्रो सिजन हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ ।

शो मा गरिने अन्तरक्रियाका कारण बढि युवा पुस्तामाझ चर्चामा रहेको उक्त शो यसअघिको पहिलो सिजनमा सिजन सुपरहिड सनेमा नेपाल नामक युट्युव च्यानलमा सार्वजनिक हुदैँ आएको थियो ।  

दोस्रो सिजनको तयारीमा रहेको  ‘ब्लाइण्ड डेट’ को आउने श्रृङ्खला चैत अन्तिम साता वा वैशाखको पहिलो साताबाट प्रशारण हुने जनाइएको छ।

हिमालय टीभी र शोका निर्देशक रोशन दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।