‘मिस इको इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्दै सोफिया

‘मिस इको इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्दै सोफिया

१७ माघ, काठमाडौं ।
इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । 

सोफियालाई ‘मिस इको इन्टरनेसनल नेपाल’ को ताजसहित प्रतियोगीताका लागि ग्रिन आर्ट मिडियाले छनोट गरेको हो ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा आयोजकले प्रतियोगी सार्वजनिक गरेको थियो । भुजेललाई ‘मिस इको इन्टरनेसनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाइदिएकी थिइन् । रायमाझीले ‘मिस इको इन्टरनेसनल २०२०’ मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् ।

भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् ।

भुजेललाई प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरूले ग्रुमिङ गर्नेछन् ।