आइपीओ निष्कासन गर्दै रुरु जलविद्युत, धितोपत्र बोर्डको अनुमति

आइपीओ निष्कासन गर्दै रुरु जलविद्युत, धितोपत्र बोर्डको अनुमति

काठमाडौं, २४ माघ ।
रूरु जलविद्युत परियोजना लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । 

कम्पनीलाई धितोपत्र बोर्डले प्रिमियम मूल्यसहित ८ करोड ९६ लाख ९५ हजार २२० करोड रुपैयाँ बराबरको ८ करोड १५ लाख बराबरको आइपिओ निष्काशन गर्न माघ २१ गते अनुमति दिएको हो । 

कम्पनीले सर्वसाधारणका लागि र आयोजना प्रभावित स्थानिय गरी कुल रू। ८ करोड १५ लाख ४१ हजार १ सय बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको ।

ग्रेड ३ रेटिङ पाएको जलविद्युत परियोजनाको  बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने भएको छ । 

रुरु जलविद्युत परियोजनाले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ ।