केटु आरोहीलाई नागरिक पोखरामा अभिनन्दन गरिने

केटु आरोहीलाई नागरिक पोखरामा अभिनन्दन गरिने

पोखरा, २३ माघ ।
हिउदकाे समयमा दोस्रो सर्वोच्च शिखर माउन्ट केटुको सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ । 

पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा माघ २६ गते पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गर्दै बजार परिक्रमा गरेर अभिनन्दन गर्न लागिएको परिषद्ले पत्रकार सम्मेलनमा गरि जानकारी दिएको छ ।  

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले  भने ,“यो नेपालको शिर उचो बनाउने निकै गर्विलो क्षण हो, विश्वमाझ नेपाललाई थप चिनाउन सफल आरोही हिरोलाई पर्यटकीय नगरी पोखरामा भव्य स्वागत गर्न पाउनु निकै खुशीको कुरा हो ।” उनले विदशी पर्यटक नेपाल आउन खोजेपनि सरकारको नीति नियमले बाधा पुर्याइरहेको जनाउँदै कोरोनाको खोप लगाएका पर्यटकलाई सहज आगमनको व्यवस्था गर्न र गण्डकी प्रदेशले शुभारम्भ गरेको एक अर्बको व्यवसाय जीवन रक्षा कोषको पनि सबै व्यवसायीलाई सर्कुलर गरेर छिटोभन्दा छिटो कार्यान्वयनसमेत गर्न सोही पत्रकार सम्मेलनमार्फत सरकारलाई आग्रह गरे । 

अभिनन्दन कार्यक्रमका संयोजक ट्रेकिङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल ९टान०पश्चिमाञ्लका अध्यक्ष सुशिलराज पौडेलले ‘किलर माउण्टेन’ भनेर चिनिने निकै चुनौतिपूर्ण रहेको केटु हिमालको सफल आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए । उनले आरोही दलका संयोजक निर्मल पुर्जा गण्डकी प्रदेशको म्याग्दी जिल्लाको भएकाले पनि यो प्रदेशके लागि झन ठूलो र गर्विलो क्षण भएको बताए । 

परिषद्का महासचिव रामचन्द्र शर्माले माघ २६ गते पोखराका पर्यटन र अन्य सङ्घसंस्थासहितले नागरिकको सहभागितामा बाजागाजासहित पोखरा परिक्रमा गर्ने कार्यक्रम रहेका जानकारी दिए। आरोहीलाई पोखरा एयरपोर्टबाट नयाँ बजार महेन्द्रपुल, न्यूरोड, जिरोकिमी, हल्लनचोक हुँदै लेकसाइडको माउण्ट कैलाश होटलमा पुगेर समापन हुने कार्यक्रम तय भएको छ ।   

पाकिस्तानमा रहेको केटु हिमाल ९८६११ मिटर० नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिबार आरोहरण गरेर इतिहास रचेका थिए । उक्त हिमालमा हिउँदको समयमा कोही आरोहीपनि पुग्न सकेको थिएनन् । केटु हिमालमा सन् १९८७÷८८ मा पहिलो प्रयास गरिएपनि हिउँदमा पुग्ने प्रयास भएपनि सफल आरोहण पुर्जा नेतृत्वको टोली सफल भएको हो ।