बिवादमा तानीएका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

बिवादमा तानीएका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
तस्विर सौजन्य : kathmandupost

फागुन ७, काठमाडौं । पटक पटक बिवादमा तानिएका सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश दिपकराज जोशीले राजीनामा दिएका छन्।

जोशीले आजैदेखि लागु हुने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएका हुन् । 

गत साउनमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिश गरेका जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो। नेपालको संसदीय सुनुवाइको इतिहासमा प्रधानन्यायाधीश सिफारिश भएको व्यक्ति समितिबाट अस्वीकृत भएको यो पहिलो घटना हो।

तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदको सचिवले पदमुक्त गरेपछि जोशी कायम मुकायम प्रधानन्यायाधीश समेत बनेका थिए ।