दार्चुलामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु
तस्विर सौजन्य : the kathmandu post

फागुन १८, काठमाडौं । शुक्रबार राति दार्चुलामा भएको जीप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।

दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीपराताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८ बजेतिर दुर्घटना भएको हो।

 सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खस्दा जीपमा सवार १२ मध्ये ११ जनाको मृत्यु भएको हो । दुर्घटनामा ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुने सबैको सनाखत भइसकेको छ । 

दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ । उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।