भक्तपुरमा भेटियो बर्डफ्लु, ३ हजार कुखुरा नष्ट

भक्तपुरमा भेटियो बर्डफ्लु, ३ हजार कुखुरा नष्ट

चैत २१, काठमाडौं । 
देशका केही जिल्लामा देखिँदैै आएको बर्डफ्लु भक्तपुरमा देखिएको छ । 

सूर्यविनायक नगरपालिका वडानम्बर ४ स्थित दधिकोटमा रहेको एक कृषि फार्ममा बर्डफ्लु देखिएपछि त्यहाँका कुखुरा बुधबार बेलुका नष्ट गरिएको हो । 

दधिकोट स्थित उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेर्यस जातका कुखुरामा बर्डफ्लुको जिवाणु  एच.वान.एन. वान भाइरस पत्ता लागेपछि फार्ममा रहेका २  हजार  ९ सय ८५ कुखुरा र २ हजार १ सय वटा अण्डा र १ सय  ५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको हो ।  

नगरपालिकाका पशु विकाश अधिकृत पूर्णचन्द्र शर्माले अन्यत्र संक्रमण फैलिन नदिन विशेष सर्तकर्ता अपनाइएको जानकारी दिएका छन् ।