कति वर्ष पुगिन ऋचा शर्मा, यस्तो छ उनको फिल्मी करियर

कति वर्ष पुगिन ऋचा शर्मा, यस्तो छ उनको फिल्मी करियर
तस्विर सौजन्य : रिपब्लिका

काठमाडौं, १ साउन । 
अभिनेत्री ऋचा शर्माले आज जन्मउत्सव घरपरिवारमै सिमित रहेर मनाएकी छन् ।

वि. स. २०४४ साल साउन १ गते धनगढीमा जन्मिएकी ऋचा आजबाट ३३ वर्ष पुरा भएर ३४ वर्षमा प्रवेश गरेकी छन् । 

कैलालीको धनगढीमा बाल्यकाल बिताएकी चलचित्रकी प्रतिभावान अभिनेत्री शर्मा अहिले चर्चित रियालिटी सो 'कमेडी च्याम्पियन्स' को जजको भुमिकामा समेत रहेकी छन् । 


यस्तो छ उनको फिल्मी करियर 

नेपाली फिल्ममा भर्सटायल अभिनेत्रीको छवि बनाउन सफल शर्मा नायिका, निर्माता, टेलिभिजन प्रस्तोता, मोडल समृत हुन् ।

अभिनयमा डिप्लोमा समेत गरेकी नायिका शमाको पहिलो चलचित्र फस्ट लभ हो, जुन सन् २०१० मा रिलिज भएको थियो ।  । 

फिल्म क्षेत्रमा एक दशक भन्दा बढी समय यात्रा पार गरिसकेकी नायिका शर्मा २००७ मै ‘मिस नेपाल’ प्रतियोगिताको सेमीफाइनल राउन्डसम्म पुगेकी थिइन् ।  

उनले ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘भिसा गर्ल’, ‘बाटो मुनिको फूल २’, ‘टलकजंग भर्सेस टुल्के’, ‘घर’  ‘सुनकेशरी’, लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छन् ।

थुप्रै म्यूजिक भिडियोमा समेत अभियन गरेकी शर्माको सबैभन्दा सफल चलपचत्र लूट हो । त्यसैगरी बक्स अफिसमा अर्काे सफल चलचित्र  ‘टलकजंग भर्सेस टुल्के’ हो । उनको भुतसँग सम्बन्धित चलचित्र सुनकेशरी भने चल्न सकेन् । 

केही बर्ष अगाडि दिपेक्ष राणासँग विवाह गरेर घरजम बसाएकी शर्मा अहिले गर्भवती छिन्। गर्भअवस्थामा समेत नायिका शर्माले कमेडी च्याम्पियन्सको जनको भूमिकालाई निरन्तरता दिएकी छन् ।