प्रचण्ड माधव समूह आधिकारिकता दाबी पेश गर्न निर्वाचन आयोग

प्रचण्ड माधव समूह आधिकारिकता दाबी पेश गर्न निर्वाचन आयोग

काठमाडौँ, माघ २० ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले पार्टी, पदाधिकारी र निर्णयको आधिकारिकताको दाबी पेश गरेको छ ।

प्रचण्ड माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेता निर्वाचन आयोग गई आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य भनी पार्टी आधाकारिताको दाबी पेश गरेका हुन् । 

दलको पदाधिकारी तथा निर्णयको आधिकारिकतासम्बन्धी दाबीसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अन्तर्गत विवाद निरुपण गरी पाउँ भनी आयोगमा निवेदनपत्र दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।