रोल्स रोयसले निर्माण गरेको विद्युतीय विमानको परीक्षण उडानमै तीनवटा विश्वकीर्तिमान

रोल्स रोयसले निर्माण गरेको विद्युतीय विमानको परीक्षण उडानमै तीनवटा विश्वकीर्तिमान

९ मंसिर, काठमाडौं ।
विमानको इन्जिन निर्माता कम्पनी रोल्स रोयसले आफूले निर्माण गरेको स्पिरिट अफ इनभेशन विमान विश्वको सबैभन्दा तीव्र गतिको विद्युतीय हवाईजहाज भएको दाबी गरेको छ।

यूकेको विल्टशरमा नोभेम्बर १६ परीक्षणमा उक्त विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उडेको सो कम्पनीले जनाएको छ। उक्त विमानले तीनवटा फरक दूरीमा नयाँ विश्वकीर्तिमान गरेको दाबी छ।

रोल्स रोयसले प्रमाणीकरणका लागि सम्बन्धित तथ्याङ्क वर्ल्ड एअर स्पोर्ट्स फेडरेशनलाई पठाएको छ।

कम्पनीका एक निर्देशक फिल ओडेलले उडाउँदा स्फिरिट अफ इनभेशन विमानले सबैभन्दा तीव्र गति हासिल गरेको थियो। यो मेरो व्यावसायिक जीवनको मुख्य आकर्षण हो अनि पूरै टोलीका लागि एउटा अविश्वसनीय उपलब्धि, उनले भने।

रोल्स रोयसका अनुसार स्पिरिट अफ इनभेशनको गति यसअघि सन् २०१७ मा कीर्तिमान राखेको जीमन्स ईएअरक्राफ्टले बनाएको एक्स्ट्रा ३३० एलई एरोब्याटिक विमानभन्दा २१३.०४ किलोमिटर प्रतिघण्टाले बढी थियो।

तीन किलोमिटर उड्दा रोल्स रोयसको विमानको गति ५५५.९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२.१ किलोमिटर प्रतिघण्टा पुगेको थियो।

अनि ३,००० मिटरको उचाइमा २०२ सेकन्डमा पुगेर यसले सबैभन्दा चाँडै त्यति माथि पुग्ने कीर्तिमान ६० सेकन्डले घटाएको विश्वास गरिएको छ।

यो विमानले ४०० किलोवाटको विद्युतीय पावरट्रेन प्रयोग गर्छ जसको क्षमता ५३५ बीएचपी सुपरकारको जति हुन्छ। रोल्स रोयसले आफूले प्रयोग गरेको प्रपल्शन ब्याटरी प्याकु एकदम शक्तिशाली भएको र त्यो ७,५०० वटा फोन चार्ज गर्न सक्ने खालको भएको बताएको छ।

कोप २६ मा विश्वको ध्यान कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने कुरामा केन्द्रित भएको उल्लेख गर्दै रोल्स रोयसका प्रमुख कार्यकारी वारन ईस्टले भने, 'यो जेट जीरोू लाई यथार्थ बनाउन सहयोगी हुने एउटा कोसेढुङ्गा हो।'