मिस नेपाल नम्रता मिस वर्ल्डको उत्कृष्ट ३० मा

मिस नेपाल नम्रता मिस वर्ल्डको उत्कृष्ट ३० मा

२४ मंसिर,काठमाडौं । 
अमेरिकामा भइरहेको मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी नम्रता श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट ३० मा प्रवेश गरेकी छन् । नम्रताले उत्कृष्ट ३० मा प्रवेश गरेपछि खुशी व्यक्त गरेकी छन् ।

नम्रता हेड-टु-हेड च्यालेन्जमा इन्डोनेसियाका सुन्दरीलाई हराउँदै उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन् । नम्रतासँगै उत्कृष्ट ३० मा  पाराग्वे, क्यामरुन र फिलिपिन्स लगायतका सुन्दरीहरु प्रवेश गरेका छन् । 

मिस वर्ल्डमा सहभागी हुन उड्नुभन्दा अगाडी नम्रताले यसपटक नेपाली दर्शकलाई निराश नबनाउने बताएकी थिइन् । प्रतियोगितामा नेपालले यसअघि पनि जितेको ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा बिगतका झै उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी राज्य पुएर्तो रिकोमा भैरहेको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा डिसेम्बर १६ मा आयोजना हुँदैछ ।