बिवाह बन्धनमा बाधिए कट्रिना र विक्की कौशल

बिवाह  बन्धनमा बाधिए कट्रिना र विक्की कौशल

२६ मंसिर, काठमाडौं । 
बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफ बिवाह बन्दनमा बाधिएका छन् ।

यो जोडीले भारतको माधोपुरको सिक्स सेन्स पोर्ट बर्वारामा बिहीबार बिहे गरेका हुन् । भारतीय मिडियामा प्रसारित समाचार अनुसार यी दुईले बिहीवार स्थानीय समयअनुसार साँझ ५ बजे बिहे गरेका हुन् ।

यी दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बिहेका केही तस्वीर सार्वजनिक गरेर आफ्ना फ्यानलाई बिहेबारे जानकारी दिँदै खुशी व्यक्त गरेका छन् ।

विक्की र कट्रिनालाई सामाजिक सञ्जालमार्फत फ्यानहरुले बधाई दिएका छन् ।