अमिताभ अभिनित 'झुण्ड' मार्च ४ मा रिलिज हुने

अमिताभ अभिनित 'झुण्ड' मार्च ४ मा रिलिज हुने

२५ माघ, काठमाडौं । 
अमिताभ बच्चन अभिनित फिल्म 'झुण्ड' को टिजर सार्वजनिक भएको छ । 

निर्माण पक्षले यस स्पोर्ट्स ड्रामा फिल्मको टिजर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

फिल्म ४ मार्च २०२२ मा हलमा रिलिज हुनेछ ।चलचित्रलाई भुषण कुमार, किशन कुमार, सविताराज हिरामत, राज हिरामत, नागराज मञ्जुले, गार्गी कुलकर्णी र निलु अरोराले निर्माण गरेका हुन्।

यस चलचित्रमा अमिताभ बच्चनसँगै आकाश ठोसर, रिंकु राजगुरु जस्ता कलाकार पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।