‘सप्तरङ्ग–३’ मा राजेश हमालदेखि अस्मिता अधिकारीसम्म

‘सप्तरङ्ग–३’ मा राजेश हमालदेखि अस्मिता अधिकारीसम्म

काठमाडौं, २० मंसिर । 
सातै प्रदेशमा सचेतनामुलक कार्यक्रमसँगै सांगीतिक कार्यक्रम हुने ‘सप्तरङ्ग-३’ घोषणा भएको छ । 

अघिल्ला दुई संस्करणको सफलतापूर्वक आयोजना गरेको गृष्मा ब्रोर्डकास्टिङले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘सप्तरङ्ग– ३’ घोषणा गरेको हो । 

२४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग- ३’ पुस ९ गते पोखरामा गएर सकिने आयोजकले जानकारी दिएको छ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना राखिएको छ ।

पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित यो ‘सप्तरङ्ग’ को तेस्रो श्रृंखलाले जनताद्वारा, जनताको निम्ति भन्ने कलामार्फत जनतामा पुर्याउने छ ।

कार्यक्रममा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, अनिल सिंह, हास्य कलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्र, गायिकाहरु मिलन नेवार र अस्मिता अधिकारी, मोडल उषा उप्रेती सहभागी हुनेछन् । यस्तै नेपाल प्रहरीका ६ जना कलाकारको प्रस्तुति पनि कार्यक्रममा रहनेछ ।