कीर्तिपुरमा खुल्यो सिनेमा हल ‘कीर्तिपुर सिनेप्लेक्स’

कीर्तिपुरमा खुल्यो सिनेमा हल ‘कीर्तिपुर सिनेप्लेक्स’

काठमाडौं, १३ कार्तिक । 
कोरोना महामारीको भार थेग्न नसकेर कतिपय हलहरु सधैका लागि बन्द भइरहेको समयमा काठमाडौंस्थित कीर्तिपुरको पाँगामा ‘कीर्तिपुर सिनेप्लेक्स’ नामक नयाँ हsल सञ्चालमा आएको छ।

हाललाई २ सय ८५ दर्शक क्षमता भएको उक्त हल फिल्मका वितरक तथा प्रदर्शन नरेन्द्र महर्जन र उनको टिमले निर्माण गरेका हो ।

हलका शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। शुक्रबारबाट हलमा एक नेपाल भाषाको र एक हलिउड फिल्म चल्न थालेका हुन् ।  एक मात्र पर्दा रहेको हलमा चाँडै अर्को पर्दा पनि जोडिने सिनेमा हल व्यवसायीले जानकारी दिए।

हल सार्वजनिक गर्ने  कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकारहरु दीपकराज गिरी, स्वस्तिमा खड्का, निर्माता छविराज ओझा, निर्देशक निश्चल बस्नेत, दीपाश्री निरौला, शोभित बस्नेतलगायतको उपस्थिति रहेको थियो । 

हलमा दैनिक चार शो फिल्म रिलिज हुनेछ ।