धुमधामका साथ मनाइयो मातातीर्थ औँसी

धुमधामका साथ मनाइयो मातातीर्थ औँसी
तस्विर सौजन्य : facebook(Anil Keshary Shah)

वैशाख २१, काठमाडौं । 
जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइएको छ ।

प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको छ ।

पञ्चांग निर्णायक समितिका अध्यक्ष  डा. रामचन्द्र गौतमका अनुसार औंसीका अवसरमा बिहान सबेरै स्नान गरी आमाको मुख हेर्ने र आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आशिर्वाद लिने प्रचलन रहीआएको छ । 

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ ।  शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ । मातृदेवो भवः भनेर सबैभन्दा पहिले भनिन्छ । त्यसपछि मात्र पितृदेवो भव भनिन्छ । यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ ।