मालपोतका कार्यालय कञ्चनपुरका शाखा अधिकृत घुससहित पक्राउ

मालपोतका कार्यालय कञ्चनपुरका शाखा अधिकृत घुससहित पक्राउ

महेन्द्रनगर, ५ चैत । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका अवस्थामा आज मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ ।

कार्यालय समयमा सेवाग्राहीबाट  २४ हजारसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए । 

“अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ”, उनले भने, “विस्तृत विवरण सङ्कलन हुँदैछ।”