पठाओ राइडरले कम्पनीको ज्याकेट लगाए ट्राफिकले कारवाही गर्ने

पठाओ राइडरले कम्पनीको ज्याकेट लगाए ट्राफिकले कारवाही गर्ने

काठमाडौं, १० चैत । 
राइडर र पठाओ यात्रुहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ।

मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखा र पठाओ बीच भएको छलफलले राइडरलाई पठाओको लोगो अङ्कित कपडा (प्रोटेक्टिभ गेयर) लगाउन रोक लगाएको हो।  विकृति रोक्न तथा राइडर र यात्रुहरुको सुरक्षालाई ध्यानमा राख्दै राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बुधबारबाट लागु हुने गरी पठओ राइडरले पठओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन  नपाउने भएका हुन् । अटेर गरेर प्रोटेक्टिभ गेयर लगाउने राइडरलाई कारवाही गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

पठाओको प्रोटेक्टिभ गेयरकै कारण राइडर तथा यात्रुलाई असुरक्षा भएको तथा अफलाइन यात्रु बोक्दा यात्रुको बिमा नहुने भएका कारण सरकारी निकायसँगको सहमतीमा प्रोटेक्टिभ गेयर हटाएको पठाओले जानकारी दिएको छ । 

पठाओले एक विज्ञप्ती जारी गर्दै ट्राफिकले लागू गरेको नियममा बस्न आफ्ना राइडरलाई सचेत गराएको छ ।