कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन चैत ६ र ७ गते हुने

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन चैत ६ र ७ गते हुने
तस्विर सौजन्य : रिपब्लिका

काठमाडौं, ५ चैत । 
‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमा: कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ यही चैत ६ र ७ गते हुने भएको छ ।

नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्ने कार्यक्रम तह भएको छ ।  यसवर्ष विपद्, युद्ध र महामारीमा महिला नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पुर्याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुने भएको छ । प्रा. डा. शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायीमा करिब तीन हजार महिला छन् ।