रुपन्देहीमा थप दुई सङ्क्रमितको मृत्यु

रुपन्देहीमा थप दुई सङ्क्रमितको मृत्यु

बुटवल, २५ वैशाख । 
कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देहीमा दुई जना संक्रमितको मृत्यु भएको छ । 

बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा ४८ वर्षीय पुरुष र ३० वर्षीया महिला रहेका छन् । 

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार वैशाख २२ गते उपचारका लागि कोरोना विशेष अस्पतालमा भर्ना भएका बुटवल-१ का ४८ वर्षका पुरुषको गएराति ११ बजे र  २२ गते नै भर्ना भएकी बुटवल-११ कालिकानगरकी ३० वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। 

थप दुई संक्रमितको मृत्यु भएसँगै रुपन्देहीमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५५ पुगेको छ ।