इन्डोनेसियामा गयो ६.३ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा गयो ६.३ म्याग्नीच्युडको भूकम्प
तस्विर सौजन्य : Business Insider

चैत १०, जाकार्ता । 
 इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्युडकोभूकम्प गएको छ । 

भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले जनाएका छन् । 

स्थानीय समय अनुसार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरुले जनाएका छन् । 

प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।