शरणार्थी शिविरमा राहत बोकेर पुगे अभिनेता दिलिप र रमित

शरणार्थी शिविरमा राहत बोकेर पुगे अभिनेता दिलिप र रमित

काठमाडौं, ८ जेठ ।
नेपाली फिल्मका लोकप्रिय अभिनेता द्वय दीलिप रायमाझी र रमित ढुंगानाले पूर्वी  मोरङको पथरी–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घरधुरीलाई खाद्यान्न सहयोग गरेका छन् ।

नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको समूहले सञ्चालन गरेको इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकामार्फत दुई अभिनेतासहितको टोलीले शरणार्थी शिविरमा पुगेर राहात वितरण गरेको हुन्।

प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न वितरण गरिएको फाउन्डेसन जानकारी दिएका छ। 

फाउन्डेसनले गत वर्ष पनि करीब १ करोड २४ लाख नगदसहित खाद्यान्न वितरण गरेको थियो । फाउन्डेसनले शिविरमा रहेका ८० वर्ष नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता र अशक्त व्यक्तिलाई हरेक महिना अशक्त भत्ता दिने तयारी पनि गरेको छ । 

लामो समयदेखि पुर्नवास नभएका शरणार्थीहरुले पनि नेपाली नागरिकता पाउनुपर्ने माग राख्दै आएको फाउन्डेसनले शरणार्थीलाई नेपाली नागरिकताको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाउन तयारी गरेको छ।