बस अनियन्त्रित भई तीनवटा बसलाई ठक्कर दिदा, १६ जना घाइते

बस अनियन्त्रित भई तीनवटा बसलाई ठक्कर दिदा, १६ जना घाइते

साउन २६, भक्तपुर ।  
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुनि आइतबार बस अनियन्त्रित भई दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । 

काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं। को बस आफै अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं को तीनवटा बसलाई ठक्कर दिँदा ठक्कर दिने सवारी साधनका १६ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

दुर्घटनामा परेका चारवटै सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा राखिएको छ। ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गाउँपालिका– ६ घर भई हाल काठमाडौं ताहचल बस्ने ३० वर्षीय दीपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।