८ महिनापछि सुनको भाउ ९० हजार मुनि, कतिमा हुदैछ कारोवार?

८ महिनापछि सुनको भाउ ९० हजार मुनि, कतिमा हुदैछ कारोवार?

काठमाडौं, ५ फागुन । 
सुनको भाउ ८ महिनापछि ९० हजारभन्दा मुनि आएको छ । 

आज तोलामा १ हजार १ सय रुपैयाँले ओरालो लागेको सुनको मूल्य ९० हजारभन्दा मुनि आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटिरहेकाले नेपाली बजारमा पनि यसको प्रभाव परेको हो । 

गत असार ५ गते सुन प्रतितोला ८९ हजार ४६० रूपैयाँमा किनबेच भएको थियो । त्यसपछि ८ महिनापछि आज सुन प्रतितोला ९० हजार भन्दा मुनि आएको हो ।

आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ ।आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा किनबेच भएको छ ।