भारतले विश्वकप जितेको कथामा आधारित चलचित्र ‘८३’को ट्रेलर सार्वजनिक

भारतले विश्वकप जितेको कथामा आधारित चलचित्र ‘८३’को ट्रेलर सार्वजनिक

१४ मंसिर, काठमाडौं । 
सन् १९८३ मा भारतले पहिलोपटक विश्वकप जितेको सत्य कथामा आधारित चलचित्र  ‘८३’को ट्रेलर सार्वजनिक भएको छ । 

आउदा २४ डिसेम्बरमा सार्वजनिक हुने चलचित्रमा बलिउड अभिनेता रनवीर सिंहले मुख्य भुमिका निर्वाह गरेका छन् ।

चलचित्रमा भारतले १९८३ मा वेष्ट इन्डिजलाई फाइनलमा हराएर विश्वकप जितेको कथा उतारिएको छ।

निर्देशन कबिर खानले निर्देशन गरेको चलचित्रमा अभिनेत्री दिपीका पादुकोण कपिल देवकी श्रीमतीको भुमिका निभाएकी छन् । त्यस्तै चलचित्रमा टाहिर राज बासिन, जिवा, साकिव सलिम, जतिन सर्नाको पनि मुख्य भुमिका देखिनेछन्।