सौगात र बुद्धि अभिनीत ‘मन्त्र’ माघ २८ गते सार्वजनिक हुने

सौगात र बुद्धि अभिनीत  ‘मन्त्र’ माघ २८ गते सार्वजनिक हुने

१४ मंसिर, काठमाडौं । 
अभिनेता सौगात मल्ल, बुद्धि तामाङ र अभिनेत्री दिया पुन अभिनीत चलचित्र ‘मन्त्र’ माघ २८ गते देखि प्रदर्शनमा आउने भएको छ । 

कोरोना महामारी र लकडाउनका कारण प्रदर्शनमा ढिलाई भएको यस चलचित्र निर्माण युनिटले चलचित्रको रिलिज मितिसहित पोस्टर सार्वजनिक गरेको छ । चलचित्र निर्माण युनिटले आगामी माघ २८ गतेलाई यसले प्रदर्शन मिति तोकेको हो ।

चलचित्रको फस्टलुकमा सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनलाई स्थान दिइएको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिलबहादुर गुरुङ हुन् । 

चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको हो । चलचित्रमा दर्शकले गोरखाको चुम नुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बालगायतका रमणीय दृश्यहरु हेर्न पाउनेछन् ।

चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टि शेर्पा लगायतका कलाकारको अभिानय रहेको छ