चलचित्र 'मायाको माया'मा महानायक हमाल अनुबन्धित

चलचित्र 'मायाको माया'मा महानायक हमाल अनुबन्धित

२७ वैशाख, काठमाडौं । 
महानायक राजेश हमाल नयाँ चलचित्र 'मायाको माया'मा अनुबन्धित भएका छन् । 

हमालले दुई दिनअघि मात्र यो चलचित्रसँग सम्झौता गरेका हुन् । 

रोहित करण वैद्यको निर्देशन रहने यस फिल्मको केही दिनअघि कार्यविनायकमा मुहूर्त गरिएको थियो । अनुपविक्रम शाहीले इन्स्टा स्टोरीमा शुभमुहूर्त गरेको फोटो राख्दै 'मायाको माया'मा काम गर्न लागेको जानकारी गराएका हुन् । 

महानायक हमाल यसअघि भने शङ्कर कार्कीको निर्देशनमा निर्माण हुने चलचित्रबाट कमव्याकको तयारीमा थिए ।