‘ओभरडोज’को ट्रेलर सार्वजनिक, मंसीर १७ गतेदेखि हलमा

‘ओभरडोज’को ट्रेलर सार्वजनिक, मंसीर १७ गतेदेखि हलमा

काठमाडौं, ३० कार्तिक । 
अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको नेपाली फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ । 

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा सुमन पौडेलको निर्देशन छ । फिल्मका निर्माता जीवनकुमार केसी हुन् ।

आगामी मंसीर १७ गते रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ ।  

फिल्ममा प्रनिशराज पन्त, सबिनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको अभिनय छ । 

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन, गुच्ची भाईको छायांकन, कमल पाण्डेको भिजुअल इफेक्ट र उपेन्द्र पन्जियार तथा जुनियर मोरेनोको लेखन छ ।