सुदर्शनको ‘राजा’ मा मुख्य भुमिकामा देखिदै राज

सुदर्शनको ‘राजा’ मा मुख्य भुमिकामा देखिदै राज

काठमाडौं, ३० कार्तिक । 
सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘राजा’मा राज कटुवालको मुख्य भूमिका देखिने भएका छन् । 

माघको दोश्रो साताबाट छायांकन सुरु हुने बताइएको यो चलचित्र यो चलचित्रका लागि अन्य कलाकारको छनोट कार्य जारी रहेको निर्माण पक्षले जानकारी दिएको छ । 

शिवम् अधिकारीको कथा रहको यस चलचित्रमा नेकपा एमालेका युवा नेता परशुराम बस्नेतको लगानी रहने छ । बस्नेत नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिवसमेत हुन् ।

चलचित्र ‘राजा’ मा एक्सनलाई प्राथमिकता दिइने जनाइएको छ । 

निर्देशक सुदर्शनले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गतेबाट रिलिज हुँदैछ ।