थप ५७२७ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

थप ५७२७ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं, १७ वैशाख ।  
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९१६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । सो अवधीमा ९२८ जना निको भएर घर फर्किएका छन् । 

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ ।

२४ घण्टामा उपत्यकामा २९५६ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी २९५६ कोरोना संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार नेपालमा हाल ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।