धौलागिरिमा भेटियो १५ वर्षअघि हराएको हेलिकोप्टर र मानवअवशेष

धौलागिरिमा भेटियो १५ वर्षअघि हराएको हेलिकोप्टर र मानवअवशेष

काठमाडौं, १७ वैशाख ।  
नेपाली सेनाले हिमाल सफाईको क्रममा १५ वर्ष अघि हराइ रहेको हेलिकप्टर र मानव अवशेष भेटिएको बताएको छ । 

सेनाको टोलीले ‘सफा हिमाल अभियान–२०२१ अन्तर्गत फोहर संकलन गर्ने क्रममा बुधबार धौलागिरी हिमालको इटाली आधारशिविरमा ९एन–एसीआर लेखेको हेलिकप्टरको अवशेष फेला पारेको हो ।

सेनाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै हिजो धबलागिरी बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी ईटालि वेस क्याम्पतर्फ ९ एन ए सी आर लेखेको हेलिकप्टरको अवशेष समेत समेत फेला परेको सेनाले बताएको छ । 

हेलिकप्टर सन् २००६ मा दुर्घटना भएको एयर डाइनास्टेको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ ।

मृतकहरुको पहिचान नखुलेकाले यस सम्बन्धमा थप छानविन भइरहेको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।