कोमल शाहको स्वास्थ्यमा सुधार नआएपछि प्लाज्मा थेरापीबाट उपचार थालियो

कोमल शाहको स्वास्थ्यमा सुधार नआएपछि प्लाज्मा थेरापीबाट उपचार थालियो
तस्विर सौजन्य : रिपब्लिका

काठमाडौं, १७ वैशाख ।  
कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालको आइसीयुमा उपचार गराइरहेकी पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।  

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको छ । उनलाई हाहाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । 

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजदम्पति ज्ञानेन्द्र-कोमल र पूर्व अधिराजकुमारी प्रेरणाको काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । 

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ । 

पूर्वराजदम्पति भारतको कुम्भमेलामा सहभागी भएर ५ वैशाखमा फर्केपछि ७ गते कोरोना पुष्टि भएको थियो । उनीहरू तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । 

पूर्वराजाको भारत भ्रमणको टोलीमा संलग्न अरु केहीलाई संक्रमण देखिए पनि त्यस्तो अफ्ठ्यारो नभएको बताइएको छ ।