२४ घण्टामा ३१२२ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

२४ घण्टामा ३१२२ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । 

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा ९ हजार २ सय ९२ पीसीआर र ७ सय ८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ३२ पीसीआर पोजेटिभ र ९० जना एन्टिजेन पोजेटिभ भेटिएको बताए।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना गरी उपत्यकामा १ हजार १९८ जना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना संक्रमणमा कारण मृत्यु भएको छ । आज ४५० जना कोरोना संक्रमणमुक्त भएको प्रवक्ता गौतमले जानकारी दिए ।