देशव्यापी लकडान तत्काल नगरिने, हटस्पटमा अलग्गै लकडाउन हुनसक्ने

देशव्यापी लकडान तत्काल नगरिने, हटस्पटमा अलग्गै लकडाउन हुनसक्ने

काठमाडौं, १२ वैशाख । 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । 

नेकपा एमाले १०औं महाअधिवेशन आयोजक कमिटीको तेस्रो बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने धारण राखेका छन् । 

"अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस भन्ने नै छ । लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ, त्यसले एकछिनलाई पूस गर्ने मात्रै हो त्यो आफैमा समाधान होइन," उनले भने, "भर्खर अर्थतन्त्र तंग्रिन थालेको हुनाले सकभर अर्थतन्त्रमा मानिसको जिविकामा प्रतिकुल प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ।"  

उनले हटस्पटमा अलग्गै लकडाउन हुनसक्ने तर देशव्यापी लकडान तत्काल नगरिने स्पष्ट पारेका हुन्।