मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार-२०७७’

मदनकृष्ण श्रेष्ठलाई  ‘राष्ट्रिय प्रतिभा पुरस्कार-२०७७’

काठमाडौं, २७ असार ।
हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । 

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा  अभिनेता श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।

कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । कोभिड–१९ लाई जितेर घरैमा स्वास्थ्यलाभ गरिरहेका श्रेष्ठको स्वास्थ्य अहिले ठिक रहेको बताइएको छ ।

नेपाल सरकारले यो पटकको राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ प्रदान  भएकोमा नेपाल सरकार तथा आफूलाई सधैं माया गर्ने सम्पूर्ण शुभेक्षक दर्शक स्रोतालाई  मदनकृष्णले धन्यवाद दिएका छन् ।