अमेरिकामा हिउँमा चिप्लिएर एकैपटक १ सय ३३ गाडी दुर्घटना, ९ जनाको मृत्यु

अमेरिकामा हिउँमा चिप्लिएर  एकैपटक १ सय ३३ गाडी दुर्घटना, ९ जनाको मृत्यु

ऐजेन्सी, ३० माघ।

अमेरिकाको टेक्सस राज्य अन्तर्गत पर्ने अन्तरराज्यको एक सडकमा बिहीबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ।

बिहान ६ करिब बजेको समयमा भएको उक्त दुर्घटनामा १ सय ३३ भन्द बढी सवारी साधन एकआपसमा ठोक्किएका छन्। अत्याधिक चिसोका कारण सडकमा जमेको बरफमा चिप्लिएर दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरु जनाएका छन्।

फोर्ट वर्थ फायर डिपार्टमेन्टका अनुसार स्थानीय टिभी स्टेशनहरूद्वारा प्रसारित भिडियोमा कारहरू एक अर्काको माथि थुप्रिएको देखाइएको छ । कार र १८ व्हीलर ट्रकहरू समावेश दुर्घटनामा धेरै व्यक्तिहरू आफ्ना सवारी साधनमा फसेका थिए।

दुर्घटना पछि पत्रकार सम्मेलनमा फोर्ट वर्थ पुलिसका अफिसर डेनियल सेगुराले विशाल दुर्घटना करिब एक माईलसम्म फैलिएको जानकारी दिएका छन्।

दुर्घटनामा परी घाइते भएका ३६ जनालाई अस्पताल लगिएको छ भने ६५ जनालाई सामान्य उपचार गरिएको छ। दुर्घटनामा परी घाइतेको संख्या बढ्ने अपेक्षा गरिएको छ अधिकारीहरूले बताएका छन् ।

फायर डिपार्टमेन्टका प्रवक्ताले दुर्घटना ग्रस्त कारहरू हटाउनका लागि टोलीले ट्रक प्रयोग गर्नुपरेको तथा गाडीमा ड्राइभर र यात्रु दुर्घटनाबाट निकालेको छ कि छैनन् भनेर खोजी कार्य गरिएको बताए ।