'पर्खि बसे' को सिक्वेलमा पलको र मलिकाको चर्चा

'पर्खि बसे' को सिक्वेलमा पलको र मलिकाको चर्चा

काठमाडौं, ८ साउन । 
चलचित्र 'पर्खि बसे' को सिक्वेल बन्ने भएपछि त्यस चलचित्रमा नायक र नायिका को बन्छ भनेर दर्शकलाई चासोको विषय बनेको छ । 

लभ स्टोरीमा आधारित रहेको 'पर्खि बसे'को सिक्वेलमा यतिबेलाका चर्चित जोडी नायक पल शाह र मलिका महतको नाम लिएर दर्शकले अड्कलबाजी गर्न थालेका छन् । 

२०६५ सालमा निर्माण भएको फिल्म ‘पर्खी बसे’ मा राजवल्लभ कोइराला र यूना उप्रेतीको मुख्य भूमिकामा थिए।  

स्रोतका अनुसार चलचित्र निर्माताले अहिलेका हिट जोडीका रुपमा चर्चामा रहेका पल र मलिकालाई फिल्ममा अनुबन्धन गर्न चाहेका छन्।

कुराकानी भइरहेको भएपनि चलचित्रमा पल र मालिका अनुबन्धित भने भइसकेका छैनन् । 

गोपिकृष्ण मुभिजले व्यानरमा निर्माण हुने फिल्म ‘पर्खी बसे २’लाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । सौरभले यस अघि फिल्म ‘प्रसाद २’ निर्देशन गरेका थिए ।

यता नायक पलले भने पहिला स्क्रिप्ट अध्ययन गरेर मात्रै फिल्ममा अभिनयका लागि तयार हुने वा नहुने प्रतिक्रिया दिएको उनी निकट स्रोतले बतायो ।