राप्रपाले जलायो धर्म निरपेक्षताको ब्यानर

राप्रपाले जलायो धर्म निरपेक्षताको ब्यानर

बैशाख ६, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्मनिरपेक्षताको विरोध र राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको माग गर्दै धर्म निरपेक्षताको ब्यानर जलाएको छ । 

शुक्रबार राजधानीको शान्तिबाटिकामा भएको कोणसभालाई सम्बोधन गर्ने क्रममा  राप्रपाका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता लेखेको ब्यानर जलाएका थिए । अध्यक्ष थापाले कोटको खल्तीबाट धर्म निरपेक्षता लेखेको ब्यानर जलाएपछि प्रहरी र राप्रपाका कार्यकर्ताबिच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो । 

सो क्रममा प्रहरीले राप्रपाका केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, महासचिव गुणराज राजभण्डारी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने लगायत राप्रपाका दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

 अध्यक्ष थापालाई भने कार्यकर्ताले घेराबन्दीका साथ सुरक्षित रुपमा कार्यक्रमबाट बाहिर निकालेका थिए ।

पिछल्लाे समय राप्रपाले  बिभिन्न समयमा विभिन्न मागहरू राख्दै प्रदशन गर्दै आइरहेको छ।