‘सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइने’

‘सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइने’

३ पुस, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई  आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने बताएका छन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको असर परेको उल्लेख गरे । उनले भने“अब बल्ल कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।”
    
कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनञ्जय रेग्मी, होटल एसोसिएसन अफ नेपाल ९हान०का अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि मन्त्रालयका सहसचिवद्वय बुदिसागर लामिछाने, कोमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र डा विजय पौडेलले टिप्पणी गरेका हुन् ।