साउथ इन्डियन फिल्ममा आँचलको डेब्यू

साउथ इन्डियन फिल्ममा आँचलको डेब्यू

९ पुस, काठमाडौं । 
साउथ इन्डियन फिल्ममा अभिनेत्री आँचल शर्माले डेब्यू गरेकी छन् । 

‘हिटम्यान’ मार्फत आँचलले साउथ इन्डियन फिल्ममा डेब्यु गरेकी हुन् । १५ दिनसम्म काठमाडौं र पोखराका विभिन्न स्थानमा छायांकन भएको उक्त फिल्ममा उनले नेपालीमै संवाद बोलेकी छन् । 

‘हिटम्यान’ को कथा नै नेपाल र भारतसँग जोडिएको छ ।

यसअघि अभिनेत्री स्वस्तिमा खड्काले पनि साउथ इन्डियन फिल्ममा आबद्द भइसकेकी छिन् । 

नेपालमा फिल्मको ५० प्रतिशत छायांकन गरिएको छ भने फिल्म नेपाल र भारत दुवै देशमा रिलिज हुनेछ ।