कान्सको रेड कार्पेटमा सुरक्षाको वाक

कान्सको रेड कार्पेटमा सुरक्षाको वाक

६ जेठ, काठमाडौं । 
नेपाली अभिनेत्री सुरक्षा पन्त रातो पहिरनमा सजिएर कान्सको रेड कार्पेटमा सहभागी भएकी छन् । उनी कान्सको रेड कार्पेट वाक गर्ने पहिलो नेपाली कलाकार समेत हुन् । 

केहि भाग नेपालमा समेत छायाँकंन भएको अन्तर्राष्ट्रिय फिल्म 'द एट माउन्टेन्स' को स्पेशल स्क्रिनका लागि पन्त कान्स फिल्म फेष्टिभलमा सहभागी भएकी हुन्। द एट माउन्टेन्समा उनको अभिनय समेत रहेको छ । 

पन्तले उक्त चलचित्रको टिमसहित कान्सको रेड कार्पेटमा वाक गरेकी हुन् । फेष्टिभलमा इटालियन कलाकार, बेल्जियमका निर्देशकद्वय फिलिक्स भ्यान ग्रोनिगेन र शार्लोट भ्यान्डामेर्शसहितको सहभागिता देख्न सकिन्छ ।  

फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुने बताइएको छ ।