सौन्दर्य प्रतियोगीतामा सहभागीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

सौन्दर्य प्रतियोगीतामा सहभागीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

७ जेठ, काठमाडौं । 

आठ वर्षअघि सौन्दर्य प्रतियोगीता सहभागी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे प्रहरीले पक्राउ परेका हुन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिता अयोजना गरी आफूमाथि जबर्जस्ती करणी गरेको भनि सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि आज दिउसो पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

सामाजिक सञ्जालमा ती युवतीले सार्वजनिक गरेको भिडियोमा पाण्डेमाथि सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिता आयोजना गरेको र कार्यक्रम सकिएपछि छ महिनासम्म आफूलाई धम्क्याएर करणी गरेको आरोप लगाइएको छ । उक्त घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले उक्त भिडियोमा उल्लिखित विषयमा अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको छ । समितिले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको संयोजक कुँवरले बताए। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो।