यस्तो छ ‘चुरिफुरी’को ट्रेलर

यस्तो छ ‘चुरिफुरी’को ट्रेलर

१० मंसिर, काठमाडौं। 
कमेडी र सामाजिक कथावस्तु उठान गरेको चलचित्र ‘चुरिफुरी’को ट्रेलर सार्वजनिक भएको छ । 

ऋषिराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा रविन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरविर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभिनय छ ।

ऋषिराज र  रिना ढकालको निर्माण रहेको चलचित्रमा विमला भुषाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह-निर्माता छन्।

राहुल राईको छायांकन, नविन निरौलाको सम्पादन रहेको फिल्ममा ऋषिराज आचार्यको कथा, पटकथा र निर्देशन छ ।