अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयार रहन निर्देशन

अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयार रहन निर्देशन

काठमाडौं, २२ वैशाख । 
नेपाली सेनाले कोभिड १९ को बढ्दो सङ्क्रमणलाई ख्याल गर्दै अवकाश प्राप्त स्वास्थ्य स्वास्थ्यकर्मी सैनिक कर्मचारीलाई तयार रहन निर्देशन जारी गरेको छ । 

सेनाले अवकाश प्राप्त स्वास्थ्य स्वास्थ्यकर्मी सैनिक कर्मचारीलाई आवश्यक परेमा सेवामा फिर्ता हुन (रोलकल डिउटी) का लागि तयार रहन निर्देशन जारी गरेको हो ।

सेनाले आज एक निर्देशन जारी गर्दै प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको अध्यक्षतामा जङ्गी अड्डामा बसेको विशेष बैठकले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सेनाले विभिन्न योजना तर्जुमा एबं कार्यान्वयनका लागि तयारी गरीरहेको र त्यसका लागि २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन  निर्देशन जारी गरेको हो ।